Logo

२०८३, कार्तिक २५गते


images
images

देवदह नगरपालिकाको ११औं नगरसभा : विवादबाट सुरु, विवादमै समापन !

देवदह नगरपालिकाको ११औं नगरसभा : विवादबाट सुरु, विवादमै समापन !

images
  • देवदह नगरपालिकाको ११औं नगरसभा : विवादबाट सुरु, विवादमै समापन !
    images

    राहुलदेव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकाका निर्णयहरू पटक पटक विवादमा परिरहन्छन । यसअघि देवदह नगरपालिकामा लाखौं बजेटमा निर्माण हुने सडकको योजना एकातिर र काम अर्कैतिर भएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए । पुर्व जनप्रतिनिधि र नगरपालिकाका इन्जिनियरको सेटिङमा योजना एकातिर र काम अर्कैतिर भएको भन्दै स्थानीयले नगरपालिकामा उधुमै मच्चाएपछि सेतोमसीले प्रकाशित गरेको समाचार पछि राष्ट्रिय टेलिभिजनले प्रशारण गरेका थिए । 

    images
    images
    images

    त्यतिमात्रै होइन निर्वाचनको मुखैमा करोडौं लागतमा निर्माण हुने सडकको ठेक्का प्रक्रियामा 'सेटिङ' भएको हुनसक्ने भन्दै प्रमुख प्रशासकिय अधिकृत संयोजक रहेको मुल्यांकन समितिले खारेज गरेको ठेक्का कार्यपालिकाबाट पास गरेर तत्कालीन जनप्रतिनिधिहरूले चुनावी खर्चको जोहो गरेको आरोप स्थानीयले उतिबेलै लगाएका थिए ।

    images
    images
    images

    तर बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट नयाँ नगरप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका ध्रुब प्रसाद खरेल निर्वाचित भएपछि पनि कार्यपालिकाका निर्णयहरू विवादमुक्त रहन सकेनन् ।

    images
    images

    नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको पहिलो बैठकले नगरपालिकाको नवनिर्मित ३ तले भवनमाथि एक करोडको ट्रस्ट हाल्ने र सभाहल बनाउने निर्णय गर्यो । उक्त निर्णयको चर्को विरोध भयो । नगरप्रमुख खरेलमाथी निर्वाचनमा चन्दा दिएका ठेकेदार पोस्न उक्त निर्णय गरिएको सम्मका आरोप लाग्यो । 

    समय बित्दै गयो । त्यसपछि नगरपालिकाको कार्यपालिका बैठक देखि नीति तथा कार्यक्रमको तयारीका सन्दर्भमा ६ वटा वडाका अध्यक्षले कार्यपालिका बैठक नै बहिस्कार गर्ने स्थिति पनि सिर्जना  भयो । सुरूमा वडा अध्यक्षलाई बजेटको सिलिङ नदिएर सबै आफै मार्फत काम गर्न खोजेका प्रमुख खरेलले पछि वडा अध्यक्षलाई ८० लाखसम्मको सिलिङ दिएर वडा अध्यक्षको मुख  बन्द गराए पनि नगरपालिकाको  सो विवाद अन्ततः नगरसभामा छताछुल्ल भयो । 
     
    नगरसभाको पहिलो बैठक असार १० मा बस्यो ।  बहुमत सदस्यको मतलाई सम्मान नगरेको भन्दै प्रमुख खरेल प्रती नगरसभा सदस्यहरू आक्रोशित भएपछि नगरप्रमुखले बैठक स्थगित गरे । 

    स्थगित भएको बैठक १५ दिनपछि  असार २५ गते शनिबार सम्पन्न भयो । तर दोस्रो बैठक पनि  विवादमुक्त हुन सकेन । आफ्ना कुरा राख्दै गरेका वडा नं १० का वडा सद्स्य अमर लामिछाने बोलिरहेका बेला नगरप्रमुख खरेलले विचमै बोलेर लामिछानेलाई बोल्न दिएनन् । आफुलाई नगरसभामा बोल्न नदिएर नगरप्रमुखले संसदीय प्रणालीको धजिया  उडाएको भन्दै लामिछाने आक्रोशित भए । त्यतिमात्र होइन सभाका सदस्यले आपत्ति जनाउँदा जनाउँदै सर्वसम्मत नीति तथा कार्यक्रम पास भयो भनेर नगरप्रमुख हाँसोको पात्र समेत बने । 

    छलफलै नभएका करिब ७२ लाखका योजना ल्याइएको भन्दै अमर लामिछाने बाहिर निस्किएर मिडियासामु आक्रोश पोखे । त्यस लगतै देवदह नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले पनि बोल्न पाउने अधिकार हो, यसो गर्नु हुदैन । हामीले पटक पटक कार्यपालिकामा उठाइएको बिषय हो । यो कुरामा मेरो पनि नगरसभा सदस्यलाई समर्थन छ भन्दै खरेलको विपक्षमा उभिए ।

    त्यतिमात्रै होइन, नगरका गौरबका योजनालाई छुट्याइएको बजेट भन्दा नगरप्रमुख र उपप्रमुखको तजविजले खर्च गर्न पाउने गरि बिनियोजन गरिएको बजेट धेरै भएको समेत नगरसभा सदस्यहरूले सेतोमसीलाई बताएका छन् । नगरप्रमुख र उपप्रमुखले आफ्ना कार्यकर्ता पोस्न  डेढ करोड रुपैँया रकम छुट्याएको उनीहरूको आरोप छ ।

    बिनियोजित बजेटमा नगरप्रमुखसंग उद्यमी रोजगार कार्यक्रम शिर्षकमा ५० लाख र नगरप्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ४० लाख गरि ९० लाख छुट्याइएको छ भने उपप्रमुखसंग महिला कार्यक्रम शिर्षकमा ३० लाख र उपप्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ३० लाख गरि ६० लाख छुट्याईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।