रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२, स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ स्थानीय बलबहादुर नाथका छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेका बेला सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले टाउकोमा ढुङ्गा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो ।
जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई नियन्त्रणमा लिइएको छ । उनको मानसिक अवस्था ठीक नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology