Logo

२०८३, कार्तिक १०गते


images
images

चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

images
  • चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते
    images
    images

    काठमाडौँ । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन् ।

    images
    images
    images

    आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। घाइतेमध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

    images
    images
    images

    जिप चालक राप्ती नगरपालिका–१३ निवासी २६ वर्षीय रोशन प्रजा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बोलेरो जिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।