Logo

२०८३, कार्तिक १०गते


images
images

दुर्गेश थापा र आनन्द कार्कीबीच आरोप प्रत्यारोप, के हो विवाद ?

दुर्गेश थापा र आनन्द कार्कीबीच आरोप प्रत्यारोप, के हो विवाद ?

images
  • दुर्गेश थापा र आनन्द कार्कीबीच आरोप प्रत्यारोप, के हो विवाद ?
    images
    images

    काठमाडौँ । वरिष्ठ गायक आनन्द कार्की र गायक दुर्गेश थापाबीच ‘दुश्मन हेरेको हेर्‍यै’ गीतलाई लिएर विवाद भएको छ ।

    images
    images
    images

    वरिष्ठ गायक कार्कीले प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफूलाई दुर्गेशले गीत गाउन लगाएर भिडियोमा सुटिङसमेत भएको तर त्यसपछि दुर्गेश सम्पर्कविहीन बनेको बताएका थिए । गीत रिलिज भएपछि सुपरहिट भए पनि आफूलाई दिनुपर्ने पारिश्रमिक नदिएको र ‘अग्रज दाइ’ भनेर एकपटक सम्झेर धन्यवादसमेत नदिएको उनको गुनासो गरेका थिए । उनले त्यसपछि अहिलेसम्म दुर्गेशसँग भेट नभएको बताएका थिए ।

    images
    images
    images

    कार्कीले भनेका छन्-'दुश्मन हेरेको हेरै गीत गर्यौं, गीतको रेकर्डिङ भयो सुटिंग पनि भयो अनि भाई एक्कासी गायब भयो र मलाई अलिकति फिल पनि भयो, भाईले पेमेन्ट पनि गरेन, थ्याँक्यु पनि भनेन । त्यसपछि मेरो गुनासो थियो । त्यसपछि भेट भएको छैन । एक पटक अडियोको रोयल्टी लिन सबै गायकको हस्ताक्षर चाहिने भएकोले एउटा केटा पठाएका थिए । अनि मैले यो गीतको पेमेन्ट भएको छैन भनेर फोन गरेर भनेको थिए । मैले धेरै दिन त सक्दिन २५ हजार दिन सक्छु भनेर दिएका थिए ।'   

    images
    images
    images

     कार्कीको अभिव्यक्तिपछि दुर्गेश थापाले प्रेस विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् । दुर्गेशका अनुसार ‘दुश्मन हेरेको हेर्‍यैमा’ गीतमा आनन्द कार्कीसँग सहमति भएको पारिश्रमिक पहिल्यै भुक्तानी गरिसकिएको र त्यसको प्रमाणसमेत सार्बजनिक गरेका छन् । 

    दुर्गेशले अग्रज कलाकारप्रति आफ्नो सम्मान सधैँ रहेको बताउँदै कुनै विषयलाई पूर्ण सन्दर्भ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्ने बताएका छन् । 

    दुर्गेशले सार्बजनिक गरेको गीतको आधिकारिक हकवालासम्बन्धि सहमतिमा कार्कीसहित एलिना चौहान र समीक्षा अधिकारीको हस्ताक्षर रहेको छ । जुन सहमति रोयल्टी लिनका लागि गरेको कार्कीले अन्तर्वार्तामा उल्लेख समेत गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।