Logo

२०८३, आश्विन ९गते


images
images

देवदह नगरपालिकामा कोभिड १९ खोप एवं नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा 

देवदह नगरपालिकामा कोभिड १९ खोप एवं नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा 

images
  • देवदह नगरपालिकामा कोभिड १९ खोप एवं नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा 
    images
    images

    राहुल देव सापकोटा, देवदह । देवदह नगरपालिकाले १२ वर्षभन्दा माथिको कोभिड-१९ पूर्ण खोप तथा १५ देखि २४ महिनाका बालबालिकाको  नियमित पूर्ण खोप दिगोपना सुनिश्चितता भएको घोषणा गरेको छ । 

    images
    images
    images

    बुधबार देवदहमा आयोजित घोषणा समारोहमा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले घोषणा पत्र पढेर उक्त कार्यक्रमक घोषणा गरिएको हो  । 

    images
    images
    images

    घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईं एवं जिल्ला खोप अधिकृत भेषराज शर्माले संयुक्त रुपमा जिल्ला कोभिड १९ समन्वय समितिले प्रदान गरेको प्रमाणपत्र नगरका उपप्रमुख गुरुङ्गलाई हस्तान्तरण गरेका थिए।

    images
    images
    images

    कार्यक्रममा ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई जनही  ५० हजार, सम्मान पत्र तथा दोसल्लाले सम्मान गर्दै बिदाई समेत गरिएको थियो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले स्वागत मन्तव्य तथा कार्यक्रमसँग सम्बन्धित प्रतिबेदन प्रस्तुत गरेका थिए।

    कार्यक्रममा कोभिड १९ महामारीको समयमा पुर्याएको योगदानको उच्च कदर गर्दै स्वास्थ्यकर्मी तथा स्वयंसेवीकाहरुलाई सम्मान समेत गरिएको थियो । 

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईं, जिल्ला खोप अधिकृत भेषराज शर्मा, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेलबासे, सुहारा २ का लुम्बिनी प्रदेश संयोजक भरत शर्मा, स्वास्थ्यकर्मी काशीराम रेग्मी लगायतले देवदह नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको उल्लेख्य काम र पूर्ण खोपजस्तो उपलब्धिका लागि बधाई तथा धन्यवाद व्यक्त गरेका थिए।

    शुभकामना मन्तव्य राख्दै महिला स्वास्थ्य स्वयंसेवीका मिना श्रेष्ठले अझै पनि स्वयंसेवीकाहरुको योगदानको कदर हुन नसकेको प्रती दुखेसो व्यक्त गरेकी थिइन। उनले स्थानीय तह तथा मातहतका स्वास्थ्य संयन्त्रहरुले समेत आँफुहरुको बारेमा कहिल्यै राम्ररी नसोँच्नु दुःखद रहेको कुरा आफ्नो मन्तव्यमा बताइन । 
    कार्यक्रम नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र स्वास्थ्य अधिकृत राम प्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।