Logo

२०८३, कार्तिक १४गते


images
images

सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक पक्राउ परेकोप्रति इन्जिनियर्स एशोसिएसनको आपत्ति

सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक पक्राउ परेकोप्रति इन्जिनियर्स एशोसिएसनको आपत्ति

images
  • सिँचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक पक्राउ परेकोप्रति इन्जिनियर्स एशोसिएसनको आपत्ति
    images
    images

    काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    एशोसिएसनले कानुनी शासन, विधिको प्रक्रिया र व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया तथा आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने बताएको छ ।

    images
    images
    images

    आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन तथा पेशागत मर्यादामाथि प्रश्न उठ्ने भन्दै एशोसिएसनले यसप्रति असहमति जनाएको छ ।

    images
    images
    images

    एशोसिएसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा दुवै इन्जिनियरको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्न माग गरेको छ। साथै, अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गरेको छ ।

    रजौरिया र रिजालले ठेक्का तोड्न अस्वीकार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताइए पनि प्रहरीले पक्राउ बारे औपचारिक जानकारी दिएको छैन ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।