सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ ।
केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन् ।
प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
लगातारको हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हेलिकोप्टरको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिएको प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology