Logo

२०८३, कार्तिक १८गते


images
images

उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी

उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी

images
  • उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
    images
    images

    काठमाडौं । उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

    images
    images
    images

    अमेरिकी संघीय अनुसन्धान ब्युरोले उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको दाबी गरेपछि उत्तर कोरियाले त्यसलाई ‘उक्साहटपूर्ण र निराधार आरोप’ भनेको छ ।

    images
    images
    images

    उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकी आरोपलाई बेतुका भन्दै वासिङ्टनले अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाबारे भ्रम फैलाउन खोजेको बताएकी छन् । उनले साइबर अपराधका घटनामा प्रमाणबिना उत्तर कोरियालाई जोड्ने अमेरिकी व्यवहारको आलोचना गरेकी छन् ।

    images
    images
    images

    अमेरिकी अनुसन्धान ब्युरोले बाइनान्समा भएको चोरीमा ट्रेडरट्रेटर नामक ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ । उक्त समूहले यसअघि बाइबिट कारोबार केन्द्रबाट पनि १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ ।

    दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली ह्याकरहरूले पाँच वर्षमा करिब १ अर्ब १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति चोरी गरेका थिए । उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

    यसैबीच, उत्तर कोरियाले हतियार परीक्षणलाई पनि तीव्रता दिएको छ । उसले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइनान्समा भएको चोरीमा उत्तर कोरियाको संलग्नता पुष्टि भइनसकेको र अनुसन्धान भइरहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिप्टो करेन्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।