Logo

२०८३, कार्तिक १८गते


images
images

नदी नियन्त्रणमा पहिलो त्रैमासमा १४ करोड ७० लाख खर्च, ३४.९ प्रतिशत भौतिक प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा १४ करोड ७० लाख खर्च, ३४.९ प्रतिशत भौतिक प्रगति

images
  • नदी नियन्त्रणमा पहिलो त्रैमासमा १४ करोड ७० लाख खर्च, ३४.९ प्रतिशत भौतिक प्रगति
    images
    images

    काठमाडौँ । नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति भएको छ । 

    images
    images
    images

    नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ ।

    images
    images
    images

    पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३.४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाले बताए । 

    images
    images
    images

    उनकाअनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय राम्रो काम गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।