काठमाडौं । नेपाल प्रिमियर लिगमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहारस्थित भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सिन्हाले विभिन्न अनलाइन सट्टेबाजीका माध्यमबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनलाई जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology