Logo

२०८३, कार्तिक २५गते


images
images

एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई

images
  • एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र कथित चिनियाँ महिला जासुसबीचको प्रेम सम्बन्धबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पका अनुसार सोमबार हुआङसँग भएको कुराकानीमा उनले ती महिला जासुस भएको जानकारी थियो कि थिएन भनेर सोधेका थिए । हुआङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

    images
    images
    images

    यसअघि चीनले जासुसी अभियानअन्तर्गत हुआङलाई निशाना बनाएको समाचार सार्वजनिक भएको थियो । तर चीनको विदेश मन्त्रालयले उक्त आरोप निराधार र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको भन्दै खण्डन गरेको छ ।

    images
    images

    यसैबीच, एनभिडियाले एलिस हुआङसँग जोडिएको घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीले आफ्नो गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विवरणमा कुनै सम्झौता भएको मान्नुपर्ने आधार नरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनभिडिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।