Logo

२०८३, आश्विन ९गते


images
images

२ करोड भुक्तानी लिएर ठेकेदार टाप, झन्डै ५ करोडको नाली निर्माण आयोजना यसरी बन्यो धराप

२ करोड भुक्तानी लिएर ठेकेदार टाप, झन्डै ५ करोडको नाली निर्माण आयोजना यसरी बन्यो धराप

images
  • सेतोमसी सहकर्मी
  • २ करोड भुक्तानी लिएर ठेकेदार टाप, झन्डै ५ करोडको नाली निर्माण आयोजना यसरी बन्यो धराप
    images
    images

    डिल्ली शाही, बाँके ।  ठेकेदारको लापरवाहीका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नाली निर्माणको काम अलपत्र परेको छ । कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।

    images
    images
    images

    ठेकेदारले नाली निर्माण नगरी भागेका कारण स्थानीयवासी समस्यामा छन् । नाला निर्माण अलपत्र हुँदा बच्चाहरु स्कुलबाट आउन जान, व्यापार-व्यवसाय गर्ने र पानीको निकास नहुँदा डुबानको हुने समस्या भोग्नु परेको स्थानीयवासी बताउँछन् । 

    images
    images
    images

    नाली निर्माणको काम ठेकेदारले बीचमै छोडेको ४ महिना भयो, त्यसैले विभिन्न किसिमका समस्या झेल्न पर्ने बाध्य भएको स्थानीयवासी रामु वली बताउँछन् । ‘नाली बनाउने भनेर ठेकेदार फलामका सरियाहरू ठड्याएर भागेका छन्,’ उनले भने, ‘ठड्याएको फलाममा परेर स्कुले बालबालिकालाई चोटपटक लागेको छ, एक जनाको त पेटमा चोट  लाग्यो ।’ उनले नाली चाँडै नबने पुरिदिने चेतावनीसमेत दिए ।

    images
    images
    images

    यसअघि यही नालीमा लडेको बच्चाको आमा जीवना थापाले बच्चालाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार गर्ने लगेकी थिइन् । ‘५ हजार उपचार खर्च लाग्यो,’ थापाले भनिन्, ‘पेटमा छाला गएको थियो ।’ तर फलाम चोट लागेका कारणले गर्दा सिरिन्जको प्रयोग भयो र अहिले औषधि प्रयोग गरिरहेको छ, थापाले भनिन् । received_533391791905932.jpeg

    स्थानीय तारा रानाका अनुसार पसलमा आउने ग्राहकलाई आवतजावतमा समस्या भएको छ । यहाँ गल्ला, किराना र नास्ता पसलसमेत छन् । नाली अलपत्र छाडिँदा त्यहाँ आउने ग्राहकलाई अप्ठ्यारो भएको छ । अहिले फलामका सरियाहरूमाथिबाट काठ फल्ला बिच्छाएर आवतजावत गर्ने गरेको उनी बताउँछिन् । 'यो अलपत्र नाली धराप बन्दै गएको छ । यसले चोटपटकको जोखिम बढाएको छ' उनले भनिन् ।

    पहिलेका स्थानीय तहका प्रमुखहरुलाई भने पनि सुनुवाइ नभएको र अहिले स्थानीय तहमा आएका  नगर प्रमुख पूर्ण आचार्यसंग पनि डेलिकेशन गएको स्थानिय श्यामसिह ठकुरीले बताए । ‘हामी डेलिकेशन जाँदा तुरुन्तै ठेकेदारहरुलाई फोन गरी काम सम्पन्न गर्नुहोला नत्रभने भुक्तानी हुँदैन, भन्नुभएको थियो । तर ठेकेदारले नाली  निर्माण नगरी फरार भए, उनले भने, ‘यो ठेक्का असार मसान्तसम्म निर्माण भैसक्नु पर्ने हो तर असार मसान्त सकिएपनि अझै ५० प्रतिशत पनि काम भएको छैन ।’ 

    यहाँका स्थानीयहरुले बिहान उठेदेखि  राती नसुत्दा समेत यो समस्या भोगिरहेका ठकुरीले बताउँछन् ।

    यस्तै निर्माण कार्य सम्पन्न नभएका सबै योजनाहरुको भुक्तानी नदिने भनी नगरप्रमुख आचार्यको आदेश अनुसार सो नाली पनि निर्माण कार्य सम्पन्न नभएकोले भुक्तानी रोकिएको नगरपालिकाका प्रमुख इन्जिनियर बालकृष्ण महतराले बताए ।

    नाली निर्माणको काम २०७८ फागुन १७ गते मंगलबारदेखि सुरु भएको थियो भने ललितपुरको दिभा र यति जेभीसंग सम्झौता भएको थियो । ‘असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भनी सम्झौता भएको थियो’ उनले थपे, ‘तर सम्पन्न हुन सकेन ।'

    उनका अनुसार एकैपटक ५ वटा वडामा त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्म नाली निर्माण (१ किलो मिटर), हाइस्कुलदेखि बुद्धचोक जाने बाटो कालोपत्रे (१४ सय मिटर), राप्तीनगर र सुन्दरनगरमा सडक कालोपत्रे (७ सय ६० मिटर), सिद्धनगरमा कालोपत्रे (१ हजार ५ सय मिटर), त्रिभेणी मोड हुँदै दाङ्गपुरसम्म नाली (८ सय मिटर) र दुई कल्भट निर्माण गर्नका लागि ४ करोड ९७ लाखमा सम्झौता भएको हो ।

    प्रदेश सरकारबाट आएको बजेट फ्रिज भैसकेको उल्लेख गर्दै स्थानीय सरकारले क्रमागत बजेटमा प¥र्यो भने काम अगाडि बढ्छ नत्रभने काम अगाडि नबढ्ने महतराले बताए ।

    कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले प्रदेश सरकार र स्थानीय सरकारको ५०-५० प्रतिशत लगानीमा ठेक्का भई काम सुरु भएको बताए । जति काम भयो त्यति नै भुुक्तानी भएको छ । सम्झौता रकमको कुल रकमबाट १ करोड ९८ लाख मात्र भुक्तानी भएको छ, अरु भएको छैन ढकालले बताए ।

    कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउन लागेको बताए । ‘अबको केहि दिनमा हुने कार्यपालिकाको मिटिङ्गबाट समयमै काम सम्पन्न गरेका÷नगरेकाको लिष्ट तयार हुँदैछ, उनले भने, ‘सो विषयमा कार्यपालिकाबाट निर्णय भएबमोजिम कारवाही अगाडि बढाउँछौं ।’ त्रिभुवन माध्यमिक विद्यालयदेखि गोल्छासम्मको नालि निर्माणको काम अलपत्र भयो भनी त्यहाँका स्थानीयहरु आउनुभएको थियो, उहाँहरुकै अगाडि निर्माण व्यवसायीलाई नै फोन गरी तुरुन्त काम सम्पन्न गर्ने अनुरोध गरेको थिए तर मान्नुभएन त्यसपछि भुक्तानी रोकेका छौँ' उनले भने ।

    यसबारे ललितपुरको दिभा र यति जेभी कन्ट्रक्सनसंग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।