काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो ।
पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो दलका महामन्त्री रविकिरण हमालले संचारकर्मीलाई बताएका छन् ।
आयोगले चियाको नाममा पार्टी दर्ता गर्न नमानेपछि पार्टीको नाम परिवर्तन गरेर एक दुई दिनभित्रै आयोगमा अर्को नाममा पार्टी दर्ताका लागि जाने हमालले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology