Logo

२०८३, मंसिर १गते


images
images

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना

images
  • मेटालाई इटालीमा ८८ करोड ७० लाख डलर जरिवाना
    images

    काठमाडौं । प्रयोगकर्ताको स्पष्ट अनुमति नलिई मोबाइलमा रहेका तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब रुपैयाँ) जरिवाना गरेको छ ।

    images
    images
    images

    इटालीको तथ्याङ्क संरक्षण प्राधिकरणका अनुसार फेसबुकले करिब दुई करोड प्रयोगकर्तालाई उनीहरूको मोबाइलमा रहेका तस्बिर तथा भिडियो प्रयोग गर्ने सुविधाबारे पर्याप्त जानकारी दिएको थिएन ।

    images
    images
    images

    प्राधिकरणले ६० दिनभित्र उक्त सुविधा स्वतः निष्क्रिय हुने व्यवस्था गर्न र प्रयोगकर्ताको छुट्टै सहमति लिन निर्देशन दिएको छ । मेटाले भने निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ ।

    images
    images

    यसअघि अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले प्रयोगकर्ताको तथ्याङ्क व्यवस्थापनमा गलत जानकारी दिएको ठहर गर्दै मेटालाई २५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब ६५ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।