Logo

२०८३, मंसिर ३गते


images
images

काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने

काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने

images
  • काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने
    images

    काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ । चितवनले काठमाडौँलाई ६१ रनले पराजित गरेको हो । 

    images
    images
    images

    चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछाएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

    images
    images
    images

    काठमाडौँका लागि विलियम बोसिस्टोले ३७ रन बनाए भने भीम सार्कीले अविजित ३० र सहान अराचचिगेले २४ रन बनाएका थिए । 

    images
    images

    त्यसैगरी चितवनका बलर रिजन ढकालले ४ विकेट लिए भने उसमा मिरले ३ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

    चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए ।

    यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए ।

    त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए ।

    योसँगै काठमाडौँ गोर्खाजको यस सिजनबाट बाहिरिएको छ । त्यस्तै दोस्रो क्वालिफायर खेलमा विहिबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्ने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।