Logo

२०८३, मंसिर ६गते


images
images

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ: ओली

वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ: ओली

images
  • वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ: ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् ।

    images
    images

    उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ ।’

    images

    ओलीले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसहित स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए । जनप्रतिनिधिलाई जनतासँग विनम्र र मित्रवत् व्यवहार गर्दै सेवा प्रवाह गर्न तथा आगामी निर्वाचनका लागि जनतासँग टुटेको सम्बन्ध सुधार्न पनि उनले आग्रह गरे ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।