Logo

२०८३, मंसिर ६गते


images
images

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ

images
  • बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ
    images

    दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति नियन्त्रणमा लिइएका छन् ।

    images
    images
    images

    घरायसी विवादका क्रममा ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मालाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

    images
    images

    बन्चरो प्रहारबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लु नगर अस्पताल पठाइएको छ ।

    images

    घटना गराउने अम्मर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बन्चरो प्रहार
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।