भैरहवा । सशस्त्र प्रहरी बलले रुपन्देहीको सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको करिब साढे १४ लाख रुपैयाँ बराबरको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको गाडी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले ओमसतिया गाउँपालिका–१, ठुटीपिपलस्थित सीमा क्षेत्रबाट उक्त सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा उक्त सामान ओसारपसारमा प्रयोग गरिएको सवारी साधनसमेत गरी कुल १४ लाख ५० हजार ३ सय ३० रुपैयाँ बराबरको सामग्री बरामद भएको छ ।
बरामद गरिएका किराना सामान र नियन्त्रणमा लिइएको सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नं. २७ गण हेडक्वाटर रुपन्देहीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology