Logo

२०८३, मंसिर ६गते


images
images

बाढीको जोखिम न्यूनीकरण गर्न दोधारा चाँदनीमा जल सतर्कता निगरानी प्रणाली जडान

बाढीको जोखिम न्यूनीकरण गर्न दोधारा चाँदनीमा जल सतर्कता निगरानी प्रणाली जडान

images
  • बाढीको जोखिम न्यूनीकरण गर्न दोधारा चाँदनीमा जल सतर्कता निगरानी प्रणाली जडान
    images

    कञ्चनपुर । बाढीको जोखिम न्यूनीकरण तथा सम्भावित मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाले जल सतर्कता निगरानी प्रणाली थप सुदृढ बनाएको छ ।

    images
    images
    images

    नगरपालिकाले महाकाली नदीको चार लेन क्षेत्रमा तथा जोगबुडा नदीको बाबाथान–कञ्चभोज पुलनजिक प्रत्यक्ष निगरानी प्रणाली जडान गरेको हो ।

    images
    images

    विद्यमान बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ निगरानी प्रणाली जडान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट नदीको अवस्था निगरानी गर्न र सम्भावित बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images

    नगरपालिकाले यसलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रविधिको प्रयोगमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सुरक्षित दोधारा चाँदनी निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाइएको नगरपालिकाको भनाइ छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दोधारा चाँदनी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।