देवदह । नेपाली काङ्ग्रेस देवदहले सुनौला १०० दिन अभियान सञ्चालन गर्ने भएको छ ।
सोमबार बसेको नगर कार्य समितिको दोस्रो बैठकले संगठनलाई थप चलायमान बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको सभापति अमर लामिछानेले जानकारी दिए ।
अभियानसँगै बैठकले वडा तहलाई चुस्त, दुरुस्त र सक्रिय बनाउन नियमित बैठक, छलफल तथा प्रभावकारी कार्यक्रम गर्न प्रेरित गर्ने निर्णय गरेको छ । साथै डिजिटल प्रविधिको प्रयोग, नेतृत्व विकास एवं बैठक तथा कार्यक्रम सञ्चालन विधि र प्रक्रियाका विषयमा तालिम सञ्चालन गर्ने तय गरिएको छ ।
त्यसैगरी पार्टीका वडा तथा नगर तहका नियमित बैठकको मिति निर्धारण गर्ने र बीपी स्मृति प्रतिष्ठानसँग समन्वय गरी प्रतिष्ठानका कार्यक्रमहरूलाई अगाडि बढाउने निर्णय गरिएको छ । बैठकमा १५औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरूलाई सम्मान गर्ने तथा नगर सदस्य राजेन्द्र पराजुलीलाई नगर कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय समेत भएको छ ।
नगर कार्य समितिको नियमित बैठक प्रत्येक महिनाको पहिलो २२ गते बस्ने निर्णय गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology