Logo

२०८३, मंसिर ८गते


images
images

एसिया कप राइजिङ स्टार्स

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

images
  • एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    images

    काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत आज नेपालले पाकिस्तान ए को सामना गर्दैछ ।

    images
    images
    images

    दोहामा हुने यो खेलमा पाकिस्तान ए ले टस जितेको छ । पाकिस्तान ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।       

    images
    images

    प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको थियो भने दोस्रो खेलमा युएईलाई पराजित गरेर कमब्याक गरेको थियो । त्यस्तै पाकिस्तान ए ले भने भारत ए र युएईलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ ।

    images

    नेपाल सेमिफाइनलमा पुग्न आज पाकिस्तान ए लाई ठुलो अन्तरले पराजित गर्नुपर्ने अवस्था रहेको छ भने आजै हुने भारत ए र युएईबीचको खेलको नतिजाले पनि नेपाल सेमिफाइनलमा पुग्ने नपुग्ने टुंगो लाग्ने छ । तर प्राविधिक रुपमा सम्भावना भएपनि नेपालको सेमिफाइनल यात्रा कठिन देखिएको छ ।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।