काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार मंसिर ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा कायम भएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा तोकिएको छ ।
त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै थाई भाट एकको खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३९ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा कायम भएको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ४ पैसा र बिक्रीदर ११ रुपैयाँ ९ पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको छ। कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा कायम भएको छ । त्यस्तै बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकमा बुझ्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology