Logo

२०८३, मंसिर १०गते


images
images

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

images
  • दशौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा
    images

    काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ ।

    images
    images
    images

    दोस्रो स्थानमा रहेको एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी ९ पदक जितेको छ भने नेपाल पुलिस क्लब ३ स्वर्ण, ७ रजत र ८ कांस्यसहित कुल १८ पदक जितेर तेस्रो स्थानमा छ ।

    images
    images

    त्यस्तै, नेपाली सेनाले २ स्वर्ण, ८ रजत र ८ कांस्य गरी १८ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

    images

    सुदूरपश्चिम प्रदेश १ स्वर्ण, २ रजतसहित ३ पदक जितेर पाँचौँ स्थानमा रहँदा कोशी प्रदेशले १ स्वर्ण जित्दै छैटौँ स्थान बनाएको छ ।

    दोस्रो दिनको पदक तालिकामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेस प्रदेशले पदक जित्न सकेका छैनन् ।

     

     

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।