एजेन्सी । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या अपराधिक गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको संयुक्त राष्ट्रसंघको रिपोर्टमा जनाइएको छ ।
गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् । गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरेको पनि रिपोर्टमा बताइएको छ ।
एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology