एजेन्सी । हाइटीको उत्तरी क्षेत्र क्याप–हाइटियन सहरमा तेल बोकेको ट्यांकर विष्फोट हुंदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार तेल बोकेको ट्यांकर दुर्घटनामा परेको थियो त्यस लगत्तै मानिसहरुले ट्यांकरबाट चुहिएको तेल थाप्न थालेका थिए। सोही क्रममा ट्यांकरमा विष्फोट भएको हो ।
हामीले अहिले जनाको मृत्युको गणना गरेका छौं, उपमेयर प्याट्रिक अल्मोनोरले भने, अधिकारीहरूले अझै पनि जलेको भग्नावशेषमा थप पीडितहरूको खोजी गरिरहेका छन्। यसरी मृतकको संख्या बढ्न सक्ने छ ।
प्रत्यक्षदर्शीका अनुसार ट्यांकरले बाटोमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको हो । पछिल्लो समय हाइटीले इन्धन र ग्यासको मूल्य बढे संगै चरम अभावसँग संघर्ष गरिरहेको बेला यो विस्फोट भएको हो जसले भर्खरै अस्पतालहरूलाई बिरामीहरू फर्काउन, अस्थायी रूपमा स्कूल र व्यवसायहरू बन्द गर्न बाध्य तुल्याएको थियो । दुर्घटना ग्रस्त ट्यांकरमा स्थानिय तेल भर्न पुगेका थिए ।
हाइटिमा गत जुलाई ७ मा भएको राष्ट्रपतिको हत्या र अगस्टको मध्यमा आएको ७.२ म्याग्निच्युडको भूकम्पबाट २,२०० भन्दा बढी मानिसको ज्यान गएको र हजारौं घर ध्वस्त भएको हाइटी पुनः उठ्ने प्रयासमा छ ।
यो विष्फोटपछि अहिले घाइतेलाई अस्पताल पुर्याउने काम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
हाइटीका प्रधानमन्त्री एरियन हेनरीले यो दुर्घटनापछि मुलुकमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology