Logo

२०८३, आश्विन १२गते


images
images

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘मार्क्सवादी स्कुल’ चलाउने 

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘मार्क्सवादी स्कुल’ चलाउने 

images
  • एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘मार्क्सवादी स्कुल’ चलाउने 
    images
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ। विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए। 

    images
    images
    images

    प्रशिक्षण जनसंगठनबाट सुरु गर्न लागिएको छ। २ भदौदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अनेरास्ववियु र दोस्रो लटमा युवा संघका कार्यकर्ताहरू सहभागी हुनेछन्। त्यसपछि क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभित्रै आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले जानकारी दिए। 

    images
    images
    images

    तीनदिने प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोगलगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने योजना विभागले बनाएको छ। चुनाव सकिएलगत्तै पुसबाट पुनः प्रशिक्षण कक्षालाई निरन्तरता दिने गरी वार्षिक कार्ययोजना पास गरेको विभागका उपप्रमुख ईश्वरी रिजालले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।