गुल्मी । गुल्मी दरवार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस, अगष्ट १२को सन्दर्भमा म्याराथुन दौडसहित बिबिध कार्यक्रम आयाेजना गरिएको छ ।
पांच हजार मिटरको म्याराथुन दौडको उद्घाटन गर्दै गुल्मी दरबार गाउँपालिका गुल्मीका अध्यक्ष सरोज थापाले युवाको सहभागिता र साझेदारी पालिकाको बिकास र समृद्धिमा अपरिहार्य रहेको भन्दै खेलकुद,नेतृत्व विकास र उधमी कार्यक्रम मार्फत युवालाइ अगाडि बढाउन पालिकाले सबै खाले सहयोग गर्ने बताए ।
कार्यक्रममा बाेल्दै अध्यक्ष थापाले युवालाइ लक्षित गर्दै यस चालुआर्थिक बर्षमा पनि युवासंग पालिका र खेलाडीसंग पालिका जस्ता कार्यक्रम ल्याइएको समेत जानकारी गराए ।
शनिवार सम्पन्न म्याराथुन दौडमा स्रोह देखि चौबिस बर्षका २२ युवाहरु को सहभागिता रहेको थियो ।दौड कार्यक्रममा पुरुष तर्फ राजु बस्नेत,कमलसिंह थापा, चेहरसिंह घर्ती, किरण खत्री तथा महिलातर्फ बिपना थापा, सपना नेपाली, नुमकला पौडेल र प्रीयङ्का बिश्वकर्मा क्रमश प्रथम, द्दितिय, तृतीय र सान्त्वना भएका थिए ।
बिजेतालाई प्रमाणपत्र सहित आठ हजार, चार हजार, दुइ हजार र एक हजार पुरस्कार बितरण गरिएको थियो ।
"अन्तरपुस्ताको ऎक्यवद्धता, सबै उमेर समुहको साझा विश्व निर्माणमा प्रतिबद्धता "भन्ने नाराका सहित मनाइएको २२औ अन्तर्राष्ट्रिय युवा दिवस को समापनमा सम्पुर्ण जनप्रतिनिधि, क्लवका प्रतिनिधि र ,कर्मचारी को उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन शिक्षा शाखाका कर्मचारी खिम थापाले गरेका थिए भने कार्यक्रमको उद्देश्यको बारेमा प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र जिल्ला युवा समिती गुल्मीका अध्यक्ष शालिक बस्नेतले प्रकाश पारेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology