Logo

२०८३, श्रावण ३०गते


images
images

मनोनयन दर्ता अघि सांसद पदबाट राजिनामा अनिवार्य : निर्वाचन आयोग

मनोनयन दर्ता अघि सांसद पदबाट राजिनामा अनिवार्य : निर्वाचन आयोग

images
  • मनोनयन दर्ता अघि सांसद पदबाट राजिनामा अनिवार्य : निर्वाचन आयोग
    images
    images

    काठमाण्डाै । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन् । 

    images
    images
    images

    उनले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिएका छन्  ।
    पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उनले बताए । थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह समेत गरेका थिए । ‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचारसंहिता उल्लङ्घन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ’ थपलियाले भने ।

    images
    images
    images

    प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताए । उनले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिए । जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उनको भनाइ छ । 

    images
    images
    images

    पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए । सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।
    ‘चुनावमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ’ उनको टिप्पणी थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।