Logo

२०८३, आश्विन १०गते


images
images

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय

images
  • ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।

    images
    images
    images

    'नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ,' केन्द्रीय सदस्य नीरज आचार्यले भने ।
    शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।

    images
    images
    images


    यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।