Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

images
  • कक्षा १२ को नतिजा प्रकाशन
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको हो ।

    images
    images
    images

    परीक्षा बोर्डले जनाए अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

    images
    images
    images

    एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइने छ। 

    images
    images
    images

    परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परिक्षाको नतिजा बोर्डको वेबसाईट र मोबाइलमार्फत एसएमएस गरेर समेत हेर्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।