गजल
बाटो हिड्ने बटुवा नि पत्रकार बनिदिन्छ ।
भ्रष्ट नेता बोल्नै हुन्न समाचार बनिदिन्छ ।
बिरालो नि बाघ बन्छ समय आए पछि,
समय आए सुनसान गाउँ नि बजार बनिदिन्छ ।
मरीलानु केही छैन मीठो बोली बोल्नुस हजुर,
त्यही बोली जीवन भरी यादगार बनिदिन्छ ।
प्रेमिकाले प्रेमीलाई दिएकी थिइन रातो गुलाब,
खटपट होस त त्यही गुलाब हतियार बनिदिन्छ ।
यहाँ देश चलाउने र बांदरमा केही फरक छैन,
सिंहदरबार पनि बांदर बस्ने ओडार बनिदिन्छ ।
✍️ अशोक गौतम 'क्षितिज'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology