राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले घरबाट निस्कने फोहरबाट कम्पोष्ट मल बनाउन वडावासीलाई आग्रह गरेका छन् । वडा कृषि सञ्जाल पोखरा ९ को आयोजनामा कम्पोष्ट विन वितरण कार्यक्रममा उनले वडाले घरमा कौसी खेती गर्न इच्छुक वडावासीलाई तरकारीका वेर्ना, विउ लगाएतका कृषि सामानहरु सहयोग गर्ने पनि वताएका छन् ।
सो अवसरमा वडा सदस्य लक्ष्मी पहारी र निवर्तमान वडा सदस्य राममाया मानन्धरले घरको फोहर घरमै मल वनाउन दिदीवहिनीहरुको महत्वपूर्ण भूमिका हुने वताएका थिए ।
वडा कृषि सञ्जालकी अध्यक्ष विमला रानाभाटले घरमा निस्कने कुहीने फोहरबाट मल वनाई तरकारी तथा फुलका वेर्नामा प्रयोग गर्न सकिने वताउँदै वडामा कम्पोष्ट विन वितरण गरेको वताइन्।
कृषि विज्ञ वेदकुमार श्रेष्ठले कम्पोष्ट विनको सहदुपायोग गर्न जानेमा मात्र यसले कम्पोष्ट मल वनाउने वताउँदै हामीले अल्छी गरेर जेपायो त्यही राखने हो भने मल पनि नबन्ने र दुगन्र्ध पनि आउने भएकोले विज्ञहरुसंग प्रयोग गर्न सिक्नु पर्ने वताउनु भएको थियो ।
सञ्जालकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ती भुजेल मगर र कार्यक्रम संचालन हिरा घलेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology