Logo

२०८३, श्रावण ३०गते


images
images

चैते धानलाई व्यवसायिक गर्दै पोखरा महानगरपालिका

चैते धानलाई व्यवसायिक गर्दै पोखरा महानगरपालिका

images
  • चैते धानलाई व्यवसायिक गर्दै पोखरा महानगरपालिका
    images
    images

    राजेश पराजुली,  पोखरा । पोखरा महानगरपालिकाले चैते धानको उत्पादनलाई बढवा दिदै व्यवसायिकरण गर्ने उदेश्यले कृषक प्रत्साहनका कार्यक्रमलाई अगाडी वढाएको छ । बर्खे धानको तुलनामा कम महेनत गरेर पनि धेरै उत्पादन लिन सकिने चैते धानलाई किसानको पहिलो रोजाईमा पर्ने गरि पोखरा महानगरपालिका कृर्षि महाशाखाले किसानका लागि मल, विउ र प्रत्साहनका लागि कामका आधारमा मुल्या∙कन गरि सम्मान गरेको हो ।

    images
    images
    images

    विशेष गरि विजयपुर सिंचाई प्रणलीबाट सिंचित हुने जमिनमा चैतेधानको पकेट क्षेत्रका रुपमा विकास गराउने उदेस्यले गत वर्षको चैतेधानको अवधिभर सञ्चालीत आई पी एम कृषक पाठशालाको समापन कार्यक्रममा चैतेधान खेती गर्ने कृषकहरुलाई प्रत्सानका लागि प्रति रोपनी नौ सय रुपियाँका दरले प्रोत्साहन रकम हस्तान्त्रण गरिएको हो ।

    images
    images
    images

    गत बर्ष कृषकहरुका लागि सिफारीस गरिएको चैते–५ धानको उत्पादनका बारेमा राखिएको छलफल तथा प्रोत्साहन रकम हस्तान्त्रण समारोहमा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले किसानहरुको लागि समयमा मल विउ र ब्यवस्थीत सिंचाईका लागि पहल गर्ने प्रतिवद्धता जाहोर गर्दै आफनो वडामा उत्पादीत बस्तुले वडावासीको मागलाई पुग्ने गरि कृर्षीलाई ब्यवसायिककरण गर्ने योजना ल्याउने विचार राखेका थिए ।

    images
    images
    images

    सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडेरियाले यस क्षेत्रको करिव छ सय १५ रोपनी क्षेत्रफलमा लगाईएको चैते धानको उत्पादन गत वर्षका भन्दा झन्डै दोब्वरले बृद्धि भएको र आगामी दिनमा पनि सुधारीयको चैते –५ को खेती गर्न सकिने सुझाव दिदै महानगरपालिकाले वडाको भौगोलिक वातावरण हेरेर प्रत्येक वडालाई कुनै एक वस्तुको पकेट क्षेत्रका रुपमा विकास गराउने योजना रहको कुरा बताएका थिए ।

    परिस्कृत आइ पि एम कृषक पाठशालका अध्यक्ष सारदा बरालको अध्यक्षता भएको कार्यक्रममा कृर्षि सञ्जाल पोखरा २६ का संयोजक धर्मराज पौडेल,सफल कृर्षक खेम प्रसाद भण्डारी,शिवहरि ढुगाना,राधा सापकोटा,राममणि बराल र पुर्व वडा सदस्य रामकृष्ण जिसी लगाएतले समयमा कृषकले मल विउ नपाउदा भोग्नु परेको हैरानीले उत्पादनमा हुने कमिका सम्वन्धमा जानकारी गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।