Logo

२०८३, आश्विन ९गते


images
images

तिब्बतमा लकडाउन हुँदा नेपाली व्यापारीका दशैँ लक्षित सामान नेपाल प्रवेशमा ढिलाइ

तिब्बतमा लकडाउन हुँदा नेपाली व्यापारीका दशैँ लक्षित सामान नेपाल प्रवेशमा ढिलाइ

images
  • तिब्बतमा लकडाउन हुँदा नेपाली व्यापारीका दशैँ लक्षित सामान नेपाल प्रवेशमा ढिलाइ
    images
    images

    काठमाडौ । कोभिड–१९ सङ्क्रमणका कारण चीनले तिब्बत स्वायत्त प्रदेशमा गरेको लकडाउनका कारण नेपाली सामानहरु तिब्बततिरै थुनिएका छन्। नेपालसँग जोडिएका भन्सार नाकाहरू पनि बन्द भएपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन । दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कम भएको छ। फलफूल कुहिने अवस्था बनेको छ ।

    images
    images
    images

    सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताए।
     
    लकडाउनका कारण तिब्बत क्षेत्रमा रोकिएका ५० भन्दा बढी कन्टेनरका स्याउ कुहिन थालेको पनि उहाँले जानकारी दिए। नेपालमा स्याउ आयात गर्ने सबै व्यापारी चिनियाँ भएकाले उनीहरूले नै चीन सरकारलाई सुरक्षा सावधानी अपनाएर उत्तरी नाका खुलाउन दबाब दिइरहेको उनले बताए । 

    images
    images
    images

    लकडाउनका कारण २ सयभन्दा बढी केरुङ र एक सयभन्दा बढी खासामा, ३० मिम्बु, सिगात्सेमा २५, ल्हासा क्षेत्रमा केही मालवाहक कन्टेनर रोकिएको अवस्था छ। 

    images
    images
    images

    आयात रोकिएपछि बजारमा उधारो सामान रहेको, बैङ्कले ऋण दिन छाडेको जस्ता गुनासा व्यापारीहरूले गर्न थालेका छन्।  

    व्यापारीले समस्या भोगे पनि नाका कहिले खुल्छ भन्ने अन्योल भने बाँकी नै छ। चीनले खासा, न्यालम, सिगात्सेलगायतका क्षेत्रमा कोभिड सङ्क्रमणको कारण देखाउँदै साउन २५ गतेयता नाका बन्द गर्दै आएको छ। तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतम भने चीनले नाका बन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको बताए ।

    उनका अनुसार अहिले पनि चीनका विभिन्न क्षेत्रमा कोभिड सङ्क्रमण बढिरहेको लकडाउन जारी गर्नुपरेको भनाइ चिनियाँ पक्षबाट आएको बताए। चिनियाँ क्षेत्रमा कोभिड सङ्क्रमण हट्ने बित्तिकै चीनबाट सामान आयात हुने चिनियाँ समकक्षीबाट जवाफ आएको उहाँले जानकारी दिए। लकडाउन भएपछि खासा भन्सारका सबै कर्मचारी आइसोलेसनमा बसेको र तातोपानी नाका कहिले खुल्छ भन्न सकिने अवस्था नरहेको गौतमको भनाइ छ।

    नाका नखुलेका कारण व्यापारी, व्यवसायी, कन्टेनर चालक, सहचालक, लोड अनलोड गर्ने श्रमिक घर फर्केका छन्। दुई देशबीच व्यापारिक कारोबार नहुँदा नाका सुनसान छ। स्थानीय आर्थिक गतिविधि ठप्प छ। साउन २५ अघि भन्सार कार्यालयमा भित्रिएका पाँच सय मेट्रिक टन रासायनिक मल, मेडिकल मास्क, रोल कपडा भन्सार गोदाममा थन्किरहेको गौतमले जानकारी दिए ।

    नाका खुलाउनका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री, पराराष्ट्र मन्त्री, भन्सार विभाग, दलका शीर्ष नेता, सरोकारवाला निकायलाई ज्ञापनपत्र, अन्तर्क्रियाजस्ता विभिन्न माध्यमबाट आग्रह गरिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताए। दशैँका सामान चिनियाँ भू–भागमा रोकिएका कारण तातोपानी नाका र रसुवागढी नाका तत्काल खुलाउन नेपाल सरकारले चीन सरकारसँग कूटनीतिक पहल थाल्नुपर्ने उनकाे भनाइ छ। चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि कोरोना सङ्क्रमणका कारण लकडाउन जारी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।