Logo

२०८३, आश्विन १०गते


images
images

एमालेका ६ मुख्यमन्त्री कोही सिफारिसमै परेनन् कोही संघ र प्रदेशमा आउने,

एमालेका ६ मुख्यमन्त्री कोही सिफारिसमै परेनन् कोही संघ र प्रदेशमा आउने,

images
  • एमालेका ६ मुख्यमन्त्री कोही सिफारिसमै परेनन् कोही संघ र प्रदेशमा आउने,
    images
    images

    राजेश पराजुली, पोखरा । नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् ।

    images
    images
    images

    बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन् ।

    images
    images
    images

    यसैगरी प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो नलाग्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेल संघीय संसदमा आउने तयारीमा छन् ।

    images
    images
    images

    एमाले महासचिवसमेत रहेका उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ– २ नम्बर क्षेत्रीय कमिटीको  बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो ।

    यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् ।  उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि  सिफारिस भएको छ । 
    यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।