Logo

२०८३, आश्विन १०गते


images
images

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षामन्त्री पाैडेल

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षामन्त्री पाैडेल

images
  • माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षामन्त्री पाैडेल
    images
    images

    पोखरा । शिक्षा तथा विज्ञान प्रविधि  मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले प्रचार माेर्चामा लाग्न निर्देशन समेत दिए ।

    images
    images
    images

    उनले माओवादी कमजाेर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले अागामी चुनावमा जित्न पर्ने बताए ।

    images
    images
    images

    उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै अाफ्नै मिडियाकाे विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र साेसल मिडियाकाे प्रभावकारी उपयाेग गरेर अगाडि बढ्न अाग्रह गरे ।

    images
    images
    images

    प्रस सेन्टर नेपालकाे गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेकाे अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकाेटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्रि गुरुङ, पाेलिटव्युराे सदस्य राजकाजी गुरूङ, वरिष्ठ उपाध्यक्ष कमल गिरि, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पाैडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्ताेष पाैडेलसहितका पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूकाे सहभागीता रहेकाे छ ।

    बैठकमा प्रदेश अन्तरगतका जिल्लाका अध्यक्षहरूले रिपोर्टिङ प्रस्तुत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।