Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षकहरू कक्षामा कम र राजनितिमा बढि सक्रिय हुँदा शिक्षा गुणस्तरीय भएन: शिक्षामन्त्री पौडेल

शिक्षकहरू कक्षामा कम र राजनितिमा बढि सक्रिय हुँदा शिक्षा गुणस्तरीय भएन: शिक्षामन्त्री पौडेल

images
  • शिक्षकहरू कक्षामा कम र राजनितिमा बढि सक्रिय हुँदा शिक्षा गुणस्तरीय भएन: शिक्षामन्त्री पौडेल
    images
    images

    देवदह । संघीय सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेलले शिक्षकहरू कक्षाकाेठामा कम र राजनितिमा बढि सक्रिय हुनाले शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको बताएका छन् । रूपन्देहीकाे देवदहस्थित  केरवानी माध्यमिक विद्यालयकाे भवन शिलान्यास तथा सोही विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बाेल्दै शिक्षामन्त्री पौडेलले शिक्षकहरूले राजनितिको मैदान छोडेर कक्षाकाेठामा समय दिनुपर्ने बताएका हुन् । 
     
    शिक्षा ऐनले विद्यार्थीकाे क्षमता बृद्धि र विद्यालयकाे अवस्था सुधार गर्न कुनै समस्या नपारेकाे उल्लेख गर्दै उनले शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले नछेकेकाे बताए । शिक्षा ऐन लागू हुने प्रक्रियामा रहेकाे तर कानुन निर्माण गरेर मात्रै विद्यालय शिक्षा सुधार नहुने उनको भनाइ छ । 

    images
    images
    images

    अब कस्ताे जनशक्ती उत्पादन गर्ने भन्ने बिषय शिक्षकहरूकाे काधमा रहेकाले शिक्षकहरू कक्षाकाेठामा बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले  शिक्षा क्षेत्रकाे सुधारकाे प्रक्रिया सुरू भएकाले सबै उच्च शिक्षा, विद्यालय शिक्षा र आधाभुत शिक्षामा क्रमश सुधार गरिने बताए । 

    images
    images
    images

    साेही कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्याैपानेले देवदह क्षेत्र बुद्घसंग सम्बन्धित क्षेत्र भएका कारण लुम्बिनी बाैध्द विश्वविद्यालय निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले देवदह क्षेत्रका विद्यालयहरूकाे सुधारका लागि आफू लागिरहेकाे बताएका थिए  ।

    images
    images
    images

    वि. सं. २०१० सालमा स्थापना भएको केरवानी माध्यमिक विद्यालयको विद्यालय यस क्षेत्र कै नमूना विद्यालयको रुपमा परिचीत छ ।

    २०४५ सालमा एसएलसी (तत्कालीन माध्यमिक ) तहको अनुमती पाएको केरवानी माविले २०५५ सालमा १२ सम्मको अध्यापन गराउने अनुमती पाएको थियो । 

    हाल करिब  १ हजार ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत केरवानी माविमा विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि विज्ञान संकायमा विभिन्न विषयहरू अध्यापन हुँदै आईरहेको छ । विद्यालयमा ५५ जना शिक्षक अध्यापनरत छन् । भने अन्य कर्मचारीको संख्या ५ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।