बुटवल । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको युवा संगठनका लुम्विनी प्रदेश इन्चार्ज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्युठानको माण्डवी निवासी हरि वस्नेत (आकाश) सहित प्युठान नपा १० निवासी नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) राज्य समिति सदस्य तथा जनस्वयमसेवक मगरातको सहसंयोजक विश्व केसी सुवोध माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
वुधवार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन वराल, केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, प्रदेश समितिका उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचिव कृष्ण अधिकारी, कोषाध्यक्ष निर्दाेश अलि, प्रदेश सचिवालय सदस्य एवं चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज केसी लगायतका नेताहरुले स्वागत गरेका थिए ।
कार्यक्रमा केन्द्रिय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज खनालले माओवादी केन्द्रले जनताको एजेण्डा बोकेकाले पार्टीका आकर्षण वढेको बताए । पुर्व माओ्वादीबाट अलग भएर जानु भएका साथीहरु पार्टीमा फर्किने क्रम वढेको बताउदै यसले वाम एकतालाई मलजल पुगेको उनको भनाई छ । निर्वाचन नजिकिदै आएको वेला जिल्ला जिल्लामा पार्टी प्रवेश गर्नेको लहर नै चलेको प्रदेश सचिव कृष्ण अधिकारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology