देवदह । देवदह नगरपालिका वडा न ५ ले बाल दिवसको अवसर पारी वडा भित्र संचालनमा रहेका होटल, ब्यापार ब्यवसाय, उद्योग, ग्यारेज, कवाड संकलन केन्द्रमा, बस स्टेसन लगायतका स्थानमा अनुगमन गरि बाल मजदुर खोजी गरेको छ ।
उक्त ठाउँहरुमा अनुगमन गर्दा ४ जना बालबालिका लाई मजदुरी गराइएको भेटिएको थियो ।
ब्यवसाय संचालकलाई आगामी दिनमा उक्त बालकलाई मजदुरको रुपमा प्रयोग नगर्ने र भोलि बाट नै विधालय जाने बाताबरण मिलाउन आग्रह गरेको अध्यक्ष गणेश डुम्रेले बताए ।
देवदह लाई बाल्मैत्रि बनाउन विभिन्न पसल ब्यवसाय सवारी साधनमा सचेतनाका पोस्टर लगाइएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology