Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधिसभा र प्रदेशसभाको  उम्मेदवारका लागि २० हजार बढि नाम सिफारिस 

प्रतिनिधिसभा र प्रदेशसभाको  उम्मेदवारका लागि २० हजार बढि नाम सिफारिस 

images
  • प्रतिनिधिसभा र प्रदेशसभाको  उम्मेदवारका लागि २० हजार बढि नाम सिफारिस 
    images
    images

    काठमाडौं । आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । 

    images
    images
    images

    जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै जिम्मा केन्द्रको थाप्लोमा परेको छ । आकांक्षीहरूले ‘लबिइङ’ गरेर शीर्ष नेताहरूलाई थप दबाब सिर्जना गरिरहेका छन् ।

    images
    images
    images

    कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मातहत समितिबाट केन्द्रमा बिहीबारसम्म करिब साढे २० हजार नाम सिफारिस भएको छ । 

    images
    images
    images

    सबैभन्दा बढी कांग्रेसमा साढे सात हजारको नाम सिफारिस भएको छ ।
    दलहरूले प्रतिनिधिसभाको प्रत्यक्षमा १ सय ६५, समानुपातिकमा १ सय १० र प्रदेशसभाको प्रत्यक्षमा ३ सय ३० र समानुपातिकमा २ सय २० गरी अधिकतम ८ सय २५ जनालाई मात्र उम्मेदवार बनाउन सक्छन् ।

    समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । राजनीतिक दलहरू समानुपातिक उम्मेदवारको सूची बनाउन गृहकार्यमा जुटिरहेका बेला देशभरबाट आकांक्षी नेता दलबलसहित राजधानीमा ओइरिएका छन् ।

    ‘देशभरबाट आएका नेता तथा कार्यकर्ताको काम नै प्रमुख नेताहरूको निवास परिक्रमा गर्ने र प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि दबाब दिने भएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘प्रत्यक्षको सिट बाँडफाँटमा मात्रै समस्या होला भन्ने ठानेका थियौं तर समानुपातिकमै जटिल हुने भयो ।’

    सत्ता गठबन्धनमा रहेका पाँच दल प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याएर मात्र समानुपातिक उम्मेदवार छनोट गर्ने मनस्थितिमा थिए । तर सिट बाँडफाँटको गृहकार्य तत्काल निष्कर्षमा पुग्ने नदेखिएपछि त्यसलाई रोकेर दलहरू बुधबारदेखि समानुपातिक उम्मेदवार छनोटमा जुटेका छन् ।

    प्रत्यक्षमा वञ्चित हुने प्रमुख नेतालाई समानुपातिकमा राखेर पार्टीको आन्तरिक व्यवस्थापन गर्न सत्ता गठबन्धनले आयोगमा २ र ३ गते बुझाइने सूचीमा नाम थप्ने र हटाउने व्यवस्था गर्न असोज १६ सम्म समय मागेका थिए ।

    आयोग त्यसमा सकारात्मक भएकाले दलहरूले अहिले प्रारम्भिक सूची मात्रै आयोगमा बुझाउने भएका छन् । ‘प्रत्यक्षतर्फको सिटको टुंगो लागेपछि प्रत्यक्षमा नपर्ने र ल्याउनै पर्ने नेतालाई समानुपातिकको सूचीमा राख्ने तयारी छ । त्यसो गर्दा असोज ३ सम्म बुझाइएको सूचीबाट केही नाम हट्न सक्छ,’ कांग्रेसका एक नेताले भने ।

    समानुपातिकका लागि जिल्ला र प्रदेश तहका समितिबाट व्यापारी, ठेकेदार, उद्योगी तथा व्यवसायीसमेत सिफारिस भएका छन् । उनीहरू नेतालाई प्रभावमा पारेर सांसद हुने दौडधुपमा छन् । 

    विगतमा पनि यस्ता पृष्ठभूमिका व्यक्तिहरूको प्रभावमा नेता पर्ने गरेका थिए । ‘यस पटक पनि अहिल्यैदेखि चलखेल भइरहेको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘उनीहरूलाई पन्छाउन मुस्किल पर्ने देखिएको छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघ र प्रदेश निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।