धुर्ब लामिछाने, देवदह । नेपाल शिक्षक संघ देवदह नगर समितिले जनता आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। देवदह ११ रेहरामा रहेको विद्यालयका स्वर्गीय शिक्षक लोकनाथ चौधरी स्मृति अक्षय कोषको मार्फत शुक्रबार देवदह नगर शिक्षक संघले शैक्षिक सामग्री वितरण गरेका हुन् ।
सो अवसरमा विद्यालयका गरीब तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको संघले जनाएको छ ।
ओमसतिया ६ वेतौलिया निवासी स्वा. लोकनाथ चौधरी विगत लामो समयदेखि श्री जनता आधारभूत विद्यालय देवदह ११ मा अध्यापन गराउँदै आएका थिए। शिक्षक चौधरीको २०७७ साउन २२ गते हृदयघातका कारण मृत्यु भएको थियो। शिक्षक संघ देवदह नगर समितिले उनको नाममा अक्षय कोष खडा गरेको थियो। सोहि कोषको रकमबाट नगर शिक्षक समितिले पहिलो पटक विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको नेपाल शिक्षक सघं देबदह नगर समिती अध्यक्ष मनकला पान्डेयले बताइन्।
कार्यक्रममा देवदह नगर शिक्षक महासघंका अध्यक्ष निर्मल ढुङ्गानाले असहाय, जेहेन्दार बालबालिकाको भविष्य निर्माण गर्ने थलो विद्यालय भएकाले यसको विकासका लागि सबैको सहयोग अपरिहार्य भएको बताए।
कार्यक्रममा नेपाल शिक्षक सघं देवदह नगर समिती अध्यक्ष मनकला पान्डेय, रुपन्देही जिल्ला सह सचिब यमलाल भट्टराई, रुपन्देही जिल्ला शिक्षक संगठनका सदस्य राधाकृष्ण शर्मा, विद्यालयका प्र.अ बेचन प्रसाद निषादले आ - आफ्नो भनाई राखेका थिए। कार्यक्रम सञ्चालन नगरका संस्थापक सचिब टिकाराम खनालले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology