Logo

२०८३, कार्तिक ३०गते


images
images

लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा: नेता चौधरी

लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा: नेता चौधरी

images
  • लाखौ भुमीपुत्र किसानहरु लघुबित्त र मिटरब्याजीको चंगुलमा: नेता चौधरी
    images

    नवलपरासी पश्चिम । अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाटमा गर्ने भएको छ । मोर्चाले शनिवार बर्दघाट–२ चिसापानीमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त जानकारी दिएको हो । 

    images
    images
    images

    पत्रकार भेटघाटमा मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले संसदीय ब्यवस्थाले जनतालाई शोषण गर्दै आएको बताए । उनले बर्तमान अवस्थामा राष्ट्रियता जनतन्त्र र जनजिविकाको सवाल जटिल बन्दै गएको चर्चा गर्दै मंहगी ,भष्ट्रचारी, कालोबजारीको चपेटामा जनता पिसिल्दै गएको बताए । 

    images
    images
    images

    उनले बेरोजगारीको अवस्था बिकराल बन्दै जादाँ लाखौ युवाहरु बिदेशिन बाध्य भएको बताउदै संसदीय ब्यवस्थाले त्यसको बिकल्प दिन नसक्ने ठोकुवा गरे । मिटर ब्याजीहरुले जनताको घरबास लुटेको बताउदै उनले लघु बित्त संस्थाहरुले संस्थागत रुपमा समेत जनतालाई शोषण गरेको चर्चा गरे । 

    images
    images

    गाउँघरमा मिटर ब्याजी साहुहरुको आंतकले आर्थिक क्षमता कमजोर भएका किसानहरु माथि शोषण गर्दा राज्य मुकदर्शक भएर बसेको चौधरीले बताए । राज्यले उत्पिडित वर्गलाई सहुलियतमा ऋण प्रदान गर्ने ब्यवस्था नगर्दा लाखौ भुमीपुत्र किसानहरु लघुबित्त जस्ता चर्काे ब्याज असुल गर्ने संस्थाहरुको चंगुलमा फसेर अर्काे थप समस्यामा परेको  नेता चौधरीलर स्पष्ट पारेका थिए ।

    फरक प्रसंगमा नेता चौधरीले लिम्पियाँधुरा लिपुलेक र कालापानी लगायतका सीमा विवाद ज्यूँ का त्युँ छ रहेको जानकारी दिदै बाह्य शक्ति केन्द्रको दबाबमा बिदेशी नागरिकलाई बहानामा नागरिकता दिने नागरिकता बिद्ययेक ल्याइएको बताए ।
     
    यहाँका आदिवासी जनजाति, भुमिहीन सुकुम्बासीहरुले नागरिकता नपाएर राज्यको सबै सुबिधाबाट बन्चित हुनुपरेको समेत बताउँदै चौधरीले  राष्ट्रघाती एमसीसी सम्झौता गरेर देशको असंलग्न नीतिलाई परित्याग गरिएको र  एसपीपी जस्तो सैनिक गठबन्धनमा राष्ट्रलाई फसाउन खोजिएको चर्चा गर्दै नेता चौधरीले उत्पिडित वर्गलाई अधिकार सम्पन्न बनाउनका लागि संघीयता र जनतन्त्र नल्याई नक्कली संघीयता घोषणा गरेर नेपाली जनतालाई ठग्ने काम भइरहेको आरोप लगाए ।

    थारु राष्ट्रिय मुक्ति आन्दोलन, जातीय क्षेत्रीय स्वशासन, आत्मनिर्णयको अधिकार संघीयताको आधार भन्ने मुख्य नारा सहित अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन यही मिति २०७९ साल असोज ७ र ८ गते बर्दघाट–४ दिब्यनगरको दिब्य शान्ति गुम्बाको सभाहलमा हुने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

    सम्मेलनले  नयाँ नेतृत्व सहित पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने सम्मेलन आयोजक समिति सदस्य दुर्गा नारायण थारुले जानकारी दिए ।

    अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चा अखिल नेपाल आदिवासी जनजाति महासंघ अन्तरगतको एउटा एकल जातीय मोर्चा हो ।
    कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री, जिल्ला सेक्रेटरी छविलाल खरेल क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारीलगायतको आतिथ्यता थियो ।

    पत्रकार सम्मेलन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा, क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने, उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।