Logo

२०८३, आश्विन १०गते


images
images

पुर्व आईजिपि सर्वेन्द्र खनाल एमालेमा

पुर्व आईजिपि सर्वेन्द्र खनाल एमालेमा

images
  • पुर्व आईजिपि सर्वेन्द्र खनाल एमालेमा
    images
    images

    काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । 
    एमाले पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।

    images
    images
    images

    पार्टी प्रवेशपछि बाेल्दै   धेरे समय  खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।

    images
    images
    images

    ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ,’ उनले भने,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’

    images
    images
    images

    अध्यक्ष ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उनको छत्रछायाँमा काम गर्ने इच्छा जागेकाले एमाले प्रवेश गरेको खनालले बताए । ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।

    प्रहरी सेवामा आफ्नो कार्यकालमा पनि राम्रा काममा मात्रै सघाएको पूर्वआईजीपी खनालले दाबी गरे ।

    उनले भने, ‘सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतंककारी गतिविधि, उच्छृंखल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रशय नदिने हाम्रा श्रद्धय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु ।’

    ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र समेत रहेको उनले बताए ।

    ‘म नेपालगञ्जको इन्स्पेक्टर हुँदा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेलादेखि नै उहाँको विचार र सत्कर्महरूलाई म पछ्याउँदै आए,’ उनले भने, ‘मैले भन्नैपर्ने हुन्छ । 

    मलाई अन्याय पर्दा मैले टेलिफोन गरेर समय लिएर उहाँ कहाँ केन्द्रीय कार्यालय बल्खुको मिटिङमा पुगेर मेरा कुरा सुनेर तत्कालीन प्रमुख नै गलत भएको कुरा मैले राख्दा न्याय दिलाउनुभयो । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने राजनेता सायद मैले अर्को भेटिनँ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।