Logo

२०८३, आश्विन ९गते


images
images

महामारीमा पिल्सिएका व्यवसायीलाई राहत दिने कार्यक्रम ल्याउन उद्योग व्यापार संघको माग

महामारीमा पिल्सिएका व्यवसायीलाई राहत दिने कार्यक्रम ल्याउन उद्योग व्यापार संघको माग

images
  • महामारीमा पिल्सिएका व्यवसायीलाई राहत दिने कार्यक्रम ल्याउन उद्योग व्यापार संघको माग
    images
    images

    देवदह । उद्योग व्यापार संघ देवदहले कोरोना महामारीमा पिल्सिएका उद्योगी व्यवसायीलाई राहत दिने गरी कार्यक्रम ल्याउन माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्र बैंकले तय गरेको कार्यक्रमले देशको उद्योग व्यवसाय थप धरासायी हुने उल्लेख गरेका छन् ।

    images
    images
    images

    विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले भदौ ७ गते चालु पुँजी कर्जा मार्ग दर्शन जारी गर्दै ईजाजत प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तिय संस्थालाई २०७९ कार्तिक १ गतेदेखि लागु हुने गरि गरिएको सूचनाप्रति नेपाल उद्योग व्यापार संघ, देवदहको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

    images
    images
    images

    संघका देवदह अध्यक्ष मेघराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'दुई करोडभन्दा कम चालु पुँजी कर्जाको सिमा वार्षिक अनुमानित कारोवारको जम्मा २० प्रतिशत मात्र कुल चालु पुँजी कर्जाको सिमा र कर्जाको अवधि १ वर्ष वा सो भन्दा कम हुनु पर्नेछ र यस्तो कर्जा सिमा नवीकरण योग्य हुने र २ करोडभन्दा बढीका फर्म/संस्था/ कम्पनीलाई वार्षिक अनुमानित कारोवारको २५ प्रतिशत मात्र कुल पुँजी कर्जा सिमा र कर्जाको अवधि १ वर्ष तोकिनुले भर्खर मात्रै कोरोना महामारीको सामना गरेर उठ्दै गरेको तथा अहिलेको आर्थिक मन्दी, नेपालको अर्थतन्त्रमा देखिएको समस्या, आर्थिक तरलताको अभाव भएको वेलामा निकै अव्यवहारिक मात्र नभई अधिकांश उद्योगी व्यवसायीहरुलाई विस्तापित गरी यसले गम्भीर परिणाम निम्त्याउने देखिन्छ ।'

    images
    images
    images

    राज्यको गलत नीतिका कारण आउने असमान्य अवस्थाको जिम्मेवारी कस्ले लिने भन्ने भन्ने प्रश्न गर्दै विज्ञप्तिमा लेखिएको छ - "त्रैमासिक आन्तरिक लेखा परिक्षणबाट प्रमाणित गराउनु पर्ने पनि निकै अव्यवहारिक र व्यवसायीहरुलाई कठिन हुने विषय भएको हुँदा व्यवसायीहरुको चालु पुँजि कर्जामा वर्गिकरण र निरन्तर हुनुपर्ने, वार्षिक लेखा परिक्षण र चालु पुँजी कर्जा वार्षिक अनुमानित करोवारको प्रकृति हेरी ६० देखी ७० प्रतिशत कम्तिमा पनि २ वर्षसम्म कायम गर्नुपर्ने र बैंकबाट लिएको ऋण अन्य क्षेत्रमा लगानी गरे नगरेको स्वयम बैकले नै अनुगमन गर्नुपर्नेमा नेपाल उद्योग व्यापार संघ, देवदह जोडदार माग गर्दछ ।"

    देशको उद्योग व्यापार र समग्र अर्थतन्त्रसंग जोडिएका आफ्ना माग पूरा नगरिए चरणवद्ध आन्दोलन गर्ने समेत विज्ञप्तिमा जनाईएको छ ।1664246818461.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।