Logo

२०८३, आश्विन ९गते


images
images

सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, तयारीमा जुट्यो देवदह उद्योग व्यापार संघ

सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, तयारीमा जुट्यो देवदह उद्योग व्यापार संघ

images
  • सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, तयारीमा जुट्यो देवदह उद्योग व्यापार संघ
    फाईल फोटो
    images
    images

    देवदह । देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। 'राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण' भन्ने मूल नाराका साथ उद्योग व्यापार संघ देवदहको आयोजनामा यहि माघ २७  गतेबाट महोत्सव हुन लागेको हो। 

    images
    images
    images

    स्थानिय उद्योग तथा व्यवसायको प्रबर्धनका लागि महोत्सब आयोजना गरिएको संघका अध्यक्ष मेघराज ढकालले बताए। शनिवार संघको बैठकले सचिवालय गठन तथा विभिन्न उपसमिति गठन गरेको बताउंदै अध्यक्ष ढकालले देवदहको महत्वपुर्ण उत्सबको रूपमा व्यापार महोत्सबलाई सफल बनाउन सबैसंग अपिल गरे। 

    images
    images
    images

    मेला संचालनको अनुमति पाएको देवदह उद्योग ब्यापार संघ त्यसको तयारीमा जुटेको छ । जसको लागि संघले  ४५ सदस्यीय मेला मूल आयोजक समिती गठन गरेको छ। जसको संयोजक संघका अध्यक्ष  मेघराज ढकाल  रहेका छन्। बैठकले संघका महासचिव थानेश्वोर लम्सालको संयोजकत्वमा सचिवालय निर्माण गरेको गरेको छ भने कोषाध्यक्ष सुवास बस्यालको संयोजकत्वमा  आर्थिक उपसमिति संयोजक गठन गरेको छ।

    images
    images
    images

    जसको प्रचार प्रसार उपसमितिमा दिपक न्यौपाने, साँस्कृतिक उपसमितिमा राम प्रसाद गैरे, स्टल दर्ता उपसमितिमा अमृत फुल्लेल क्षेत्री, स्टल निर्माण उपसमितिमा पर्शुराम कंडेल, सुरक्षा उपसमिति गणेश कुमार खाती, प्रायोजक तथा बिज्ञापन उपसमितिमा गोबिन्द बहादुर ठडराई, संघ संस्था समन्वय उपसमितिमा मोतिलाल ढकाल, महिला समुह तथा स्वयंसेविका समन्वय उपसमितिमा देवी ढकाल, गेट टिकट व्यवस्थापन उपसमितिमा  शिव ढकाल, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमितिमा प्रेम क्षेत्री, र्याली व्यवस्थापन उपसमितिमा टिका पौडेल, मंच व्यवस्थापन उपसमितिमा दिपक थापा, प्रेस समन्वय उपसमितिमा  बिष्णु पोखरेल, अतिथि सत्कार उपसमितिमा जित कुमारी राना (रुपा), पर्यटन प्रवर्दन व्यवस्थापन उपसमितिमा यमलाल तिवारी (भरत), कृषि प्रवर्दन व्यवस्थापन उपसमितिमा बिष्णु पाण्डे, सरसफाई उपसमितिमा सागर अधिकारी, खेलकुद व्यवस्थापन उपसमितिमा प्रेम थापा, विद्यालय समन्वय उपसमितिमा  सि. बि. थापा, रक्दान समन्वय उपसमितिमा पवन पौडेल, खानेपानी तथा विद्युत व्यवस्थापन उपसमितिमा कृष्ण न्यौपाने, टोल विकास समिती समन्वय उपसमितिमा केशव पुन र मेला अनुगमन उपसमितिमा रमेश थापालाई संयोजन तोकेको छ। 

    मेला सम्बन्धि बिस्तृत विवरण सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने संघका महासचिव  थानेश्वोर लम्सालले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।