Logo

२०८३, आश्विन १०गते


images
images

चिनिया राष्ट्रपति सी चिन पिङ्ग सार्वजनिक कार्यक्रममा 

चिनिया राष्ट्रपति सी चिन पिङ्ग सार्वजनिक कार्यक्रममा 

images
  • चिनिया राष्ट्रपति सी चिन पिङ्ग सार्वजनिक कार्यक्रममा 
    images
    images

    एजेन्सी । चिनियाँ सेनाको नजरबन्दमा रहेको हल्ला फैलिएको केही दिनमा चिनियाँ राष्ट्रपति सी चिन पिङ्ग मंगलबार सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र देशले विगत एक दशकमा हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीमा उनी सहभागी भएका थिए । 

    images
    images
    images

    चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार प्रदर्शनीमा बोल्दै सीले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ संकल्पका साथ अगाडि बढ्न ठोस प्रयास गर्न आह्वान गरेका थिए । 

    images
    images
    images

    सेप्टेम्बर १६ मा उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन शिखर सम्मेलनबाट स्वदेश फर्किएपछि सी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । त्यही बीचमा सी नजरबन्दमा परेको हल्ला चलेको थियो । उक्त हल्लापछि आधिकारिक रूपमा पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । 

    images
    images
    images

    डायनामिक जीरो कोभिड नीतिअन्तर्गत विदेशबाट फर्केकाहरूका लागि आधिकारिक दिशानिर्देशअनुसार सीलाई तोकिएको ठाउँमा सात दिन अनिवार्य क्वारेन्टाइन र तीन दिन घरमा बसेका थिए । सोही कारण उनी सार्वजनिक कार्यक्रममा समहभागी नभएको बताइएकाे छ । आउँदो अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन हुँदैछ । उक्त सम्मेलनले सीलाई तेस्रो कार्यकालका लागि निर्णय लिँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।