Logo

२०८३, श्रावण ३०गते


images
images

सहरी स्वास्थ्य केन्द्रको स्थापना

सहरी स्वास्थ्य केन्द्रको स्थापना

images
  • सहरी स्वास्थ्य केन्द्रको स्थापना
    images
    images

    राजेश पराजुली,पोखरा । पोखरा महानगरपालिका वडा नं -१५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    उद्घाटनपछि आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख  आचार्यले जसरी दसैँलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकको रूपमा लिइन्छ । 

    images
    images
    images

    त्यसरी नै हामीले पनि समाज भित्र रहेका सबै खालका नकारात्मक बिम्बहरूलाई परास्त गर्दै राम्रो र स्वस्थ ऊर्जा लिएर अगाडि बढ्ने तथा एक आपसमा अपनत्व र मेलमिलापको भावनालाई लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
     

    images
    images
    images

    उनले आज नेपाली समाज स–साना विषयमा विभाजित बन्दै गइरहेको र वर्ष भरी मिलेर बसिरहेको समाजमा निर्वाचन नजिकिन थालेपछि दूरी बढ्ने गरेको भन्दै आ–आफ्नो आस्थालाई निर्वाचनमा प्रकट गरेर समग्र विकास निर्माणको सवालमा कोही पनि मुखरित हुन नहुनेमा जोड दिए ।

    मेयर आचार्यले यस भन्दा अगाडि वडाहरूलाई वर्ष भरिमा जम्मा ४०/४१ लाख मात्र बजेट पठाउने गरेको महानगरपालिकाको आफ्नै इतिहासमा रहेकोमा यस पटक त्यसलाई परिमार्जित गरेर प्रत्येक वडालाई ५ करोडको हाराहारीमा महानगरको बजेट छुटाइएको बताए । उनले निर्वाचित भएर आए लगत्तै छोटो समयमा बजेट बनाउनुपर्ने बाध्यता रहेकाले सबैसँग बसेर आवश्यकताको पहिचान गरी  प्रोजेक्ट बैङ्क बनाएर अगाडि बढ्ने अनुकूलता नभएपनि सबैको आवश्यकता बुझेर बजेटमा समेट्ने प्रयास गरेको दाबी गरे। उनले अगाडि बजेटमा यो वर्ष धेरै पाउनुपर्नेले कम प्राथमिकता पाएको र कम पाउनुपर्नेले धेरै पाएको पनि हुनसक्छ, तर, अर्को वर्ष सबैको राय सल्लाह लिएर आवश्यकता हेरी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। 

    मेयर आचार्यले अघिल्लो वर्षको क्रमागतमा रहेका र अगाडि बढ्दै गरेका योजनाहरूलाई निरन्तरता दिइएको जनाए ।आचार्यले पोखरा भित्र धेरै सार्वजनिक जग्गाहरू रहेको र यो वा त्यो ढङ्गले अतिक्रमित रहेको भन्दै अब जो जसले सार्वजनिक जग्गा प्रयोग गरेका छन्। 

    सबैले अहिलेसम्म प्रयोग र्गयौँ, ुअब के गर्ने हो गर्नुस्ु भनेर जग्गा छाडिदिन अनुरोध गरे । अनुरोध गर्दा पनि नछाडे महानगर आफैले तारबार लगाउने बताए ।
    पोखरा महानगर अहिले पोखरा भित्रको सार्वजनिक जग्गा कति छ भनेर खोजी गर्न ‘टाक्स फोर्स’ नै बनाएर अघि बढेकाले पोखरा–१५ पनि धेरै सार्वजनिक जग्गा भएको वडा भएकाले त्यस्ता जग्गा बल प्रयोग गर्नु पूर्व छोड्न आग्रह गरे ।यस्तै, पोखरा–१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि अबको ५ वर्ष सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलासा लिएको बताए। उनले उमेरका हिसाबले आफूहरूसानो भएको भन्दै यस वडालाई नेतृत्व गर्ने हिजोका अग्रजहरू धेरै अनुभवी, बुद्धिजीवी र धेरै समय समाज सेवामा बिताएका व्यक्तित्वहरू भएकाले काम गर्ने क्रममा कहीँ कतै त्रुटी भए सुझाव तथा मार्ग निर्देशन गर्न आग्रह गरे । 

    उनले अग्रजहरूबाट पाएको सुझावलाई मनन गर्दै ुहाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बसेको वडा र सबैले अपनत्व गर्ने स्थानीय सरकारको अनुभूति गर्ने वडा बनाउन चाहेको बताए ।अध्यक्ष बानियाँले पूर्वाधारलाई मात्र अगाडि बढाएर मानवीय विकास नहुने भन्दै गरिबको झुपडीमा आर्थिक अभावले गर्दा कुनै बच्चा शिक्षाको उज्यालो घामबाट वञ्चित भयो अथवा दैनिक मजदुर गरेर खाने कोही गरिब बिरामी हुँदा औषधी उपचार गर्ने पैसा पाएन भने उसले स्थानीय सरकारको अनुभूति गर्न नसक्ने बताए।उनले नागरिक स्वस्थ भए भने मात्र समाज राम्रो हुने र समाजका लागि योगदान दिन सक्ने भन्दै अहिलेको बजेटमा शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार तथा महिला सशक्तीकरण र तालिमका विषयलाई प्राथमिकता दिइएको दाबी गरे।बानियाँले यसै वर्ष वडामा रहेका विपन्न तथा मजदुर ५० जना बढीलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य बिमाका लागि बजेट छुटाइएको र वडा नं -१५ मा आर्थिक अभावका कारण विद्यालय जान नपाइरहेकालाई वडाको सम्पर्कमा ल्याउन आग्रह गर्दै त्यस्ता विद्यार्थीका लागि १० कक्षा सम्म निःशुल्क पढाउने ग्यारेन्टी गरे ।

    उनले पोखरा महानगरबाट झन्डै ११ करोड र प्रदेश सरकारबाट पनि २ करोड बढी बजेट प्राप्त भएको भन्दै यसपालिको बजेटमा समयाभावका कारण वडावासीसँग छलफल गर्न नपाएपनि आगामी बजेटमा प्रत्येक टोल र संघ सँस्थाहरुसँग बसेर छलफल गरेर र आवश्यकताको पहिचान गरेर बजेट निर्माण गर्ने बताए ।कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले अबको ५ वर्ष कुनै दल र पार्टी नभनी स्वतन्त्र पूर्वक समाज निर्माणका लागि अगाडि रहेको बताइन् । 

    यस्तै, सहरी स्वास्थ्य प्रमुख कृष्ण बास्तोलाले वडावासीलाई स्वास्थ्य केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन आग्रह गरे। उनले केन्द्रबाट परिवार नियोजन, खोप, ओपिडी, ड्रेसिङ, लगायतका सेवा दिने जानकारी दिए ।कार्यक्रममा वडाका पूर्व अध्यक्षहरू, राजनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख, समाजसेवी, शिक्षक तथा टोल विकास समिति लगायत आमा समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।