देवदह । दुबै मृगौलाले काम गर्न छोडेपछि डाईलासिस गराईरहेका देवदहका एक विरामीलाई डेढ लाख बढी सहयोग गरिएको छ । नगरपालिकाको वडा नं. ९ निवासी ५० बर्षिय गोकर्ण अर्याललाई रुपन्देही सेवा समाज युएई र देवदह सेवा समाज युएईले संकलन गरेको रकम एक कार्यक्रमविच हस्तान्तरण गरिएको हो ।
युएईका विभिन्न स्थानमा काम र व्यवसाय गरिरहेका नेपाली र विदेशी सहयोगीहरूले पठाएको १ लाख ५७ हजार ७ सय ७६ रुपैयाँ पिडितलाई हस्तान्तरण गर्दै समाजका वरिष्ठ सल्लाहकार तोयनाथ लम्सालले अफ्ट्यारो परेको बेला मानवीय सहयोग गर्नु सबैको दायित्व भएको बताए ।
रकम हस्तान्तरण गर्दै राप्रपा देवदहका अध्यक्ष माधव रिमाल, वडा नं. ९ का वडा सदस्य कृष्णमाया राना लगायतले सहयोगी संस्था र दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै विरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
दुबै मृगौला फेल भएपछि पीडित अर्यालले विगत एक वर्षदेखि डाईलासिस गराउँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology