Logo

२०८३, आश्विन ९गते


images
images

रौतहटमा बढ्दो डेङ्गु संक्रमण, कटहरियामा बढी प्रभाव

रौतहटमा बढ्दो डेङ्गु संक्रमण, कटहरियामा बढी प्रभाव

images
  • रौतहटमा बढ्दो डेङ्गु संक्रमण, कटहरियामा बढी प्रभाव
    images
    images

    रौतहट । पछिल्लो केही दिनदेखि रौतहटमा रोगको संक्रमण बढदै गएको छ । सबैभन्दा बढी जिल्लाको मध्यभाग कटहरिया नगरपालिका तथा आसपासका क्षेत्रमा डेङ्गु रोगको प्रभाव देखिएको छ ।

    images
    images
    images

    डेङ्गु ​रोग नियन्त्रणको लागी लामखुट्टेबिरुद्धको औषधी छिडकाव गर्न प्रदेश,संघका साथै हालसम्म स्थानिय सरकारले पनी चासो देखाएको छैन ।

    images
    images
    images

    लामखुट्टेको टोकाई बाट देशको ७६ वटा जिल्लाका फैलिएको डेङ्गु रोगको संक्रमण पछिल्लो केही दिनदेखि रौतहटको अन्य पालिका संगै कटहरिया तथा आसपासमा फैलिन थालेको हो ।

    images
    images
    images

    राजधानी काठमाडौं,हेटौंडा लगायत बाहिर बाट आउनेहरुका साथै स्थानीय बासिन्दामा पनी डेंगी संक्रमित देखिएको भएपनि हालसम्म यस भेगमा डेंगु रोग बाट कसैको मृत्यु भने भएको छैन ।

     


    पछिल्लो एक साताको अवधिमा हालसम्म डेंगु रोग बाट संक्रमित भएका मध्ये २५ जनाको रगतमा प्लेटलेट काउन्ट कमी हुँदा थप उपचारको लागि रेफर गरेर बाहिर पठाएको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका डाक्टर अनिक कुमार जयसवालले बताएका छन ।
    अन्य संक्रमित डेङ्गु बिरामीको कटहरिया अस्पतालमा उपचार भैरहेको छ । बितेको एक सातादेखि फैलिएको डेङ्गु रोगबाट संक्रमित भएर सुरुमा चारदेखि पाँचजना बिरामी दैनिक उपचारको लागि आउने गरेकोमा हाल उक्त संख्या बढेर १५ देखी २० पुगेको डाक्टर जयसवालले जानकारी दिएका छन ।

     

    डेङ्गु रोगबाट संक्रमितको संख्या पुरै यकिन नभएपनि प्राथमिक स्वास्थ केन्द्र कटहरिया क्षेत्रमा हालसम्म दुई सयजना भन्दा बढी संक्रमित रहेको डाक्टर  जयसवालले बताएका छन ।
    त्यसैगरी जिल्ला अस्पताल गौरमा शुक्रबार सम्म ६१ जना  डेङ्गु रोगी उपचारको लागि आएको तथ्यांकले देखाएको छ ।

     

    डेङ्गु रोगको संक्रमण बाट बच्न हरेक मानिसले झुुलको प्रयोग गर्ने तथा घरको अगाडी पछाडी फोहर पानी जम्न नदिन लामखुट्टे लाई नष्ट गर्न उनले आग्रह गरेका छन ।
    तीव्र ज्वरो लगातार आएमा बिरामीको डेंगु रोगको जाँच गराउन समेत डाक्टरहरुले आग्रह गरेका छन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डेङ्गु संक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।