Logo

२०८३, आश्विन १०गते


images
images

गठवन्धनकाे मनाेवैज्ञानिक त्रासबाट मुक्त हुन एमाले नेता प्रदिप ज्ञवालीकाे कार्यकर्तालाई आह्वान 

गठवन्धनकाे मनाेवैज्ञानिक त्रासबाट मुक्त हुन एमाले नेता प्रदिप ज्ञवालीकाे कार्यकर्तालाई आह्वान 

images
  • सेतोमसी सहकर्मी
  • गठवन्धनकाे मनाेवैज्ञानिक त्रासबाट मुक्त हुन एमाले नेता प्रदिप ज्ञवालीकाे कार्यकर्तालाई आह्वान 
    images
    images

    कृष्ण अन्जान , बलेटक्सार । नेकपा एमालेका उपमहासचिव  प्रदिप कुमार ज्ञवालीले गठवन्धनकाे मनाेवैज्ञानिक डर बाट मुक्त हुन कार्यकर्तालाई आह्वान गरेका छन  ।
    नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाकाे विस्तारित बैठकलाई सम्बाेधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले हार्याे भने देश र जनताले हार्ने बताउँदै कार्यकर्ताहरुलाई एक भएर सँघ र प्रदेशको निर्वाचनमा लाग्न अग्रह गरे ।
    हामीले स्थानीय निकाएकाे निर्वाचनकाे समीक्षा गरिसकेका छौँ अब पछाडि फर्कनु भन्दा अगाडि बढेर निर्वाचनमा लाग्नु पर्ने बताए ।

    images
    images
    images

    गठवन्धनका नाममा काँग्रेसले आधासिटमा चित्त बुझाएकाे बताउनु हुँदै ज्ञवालीले समानुपातिक र प्रत्यक्ष गरेर एमालेले याे निर्वाचनमा १ सय पचास सिट प्राप्त गर्ने प्रारम्भिक अनुमान रहेकाे बताए ।

    images
    images
    images

    गुल्मी जिल्लामा करिब १६ अर्वकाे बजेटमा विभिन्न विकास आयाेजना ,सडक निर्माण तथा अन्य काम हरु आफ्नो कार्यकालमा भएकाे ज्ञवालीले दावि गरे ।

    images
    images
    images

    विस्तारित वैठकमा धारणा राख्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका  सदस्य कमल राज श्रेष्ठले  कार्यकर्ता इमानदारीका साथ निर्वाचनमा लाग्नु पर्ने बताउँदै व्यक्तिका लागि हाेईन नेकपा एमालेका लागि भाेट माग्नुपर्ने बताए ।
    खेतिपातिकाे परिभाषा दिँदै नेता श्रेष्ठले गरे खेति नगरे पाति हुने बताउँदै पार्टीका लागि खेति भित्र्याउने गरि लाग्न आग्रह गरे ।
    विस्तारित वैठकमा आफ्नो विचार राख्दै नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष वालशिँह काउछाले इमानदार भएर पार्टीको काममा लाग्न र आ आफ्नो ठाउँबाट एमालेकाे पक्षमा जनमत सिर्जना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए  ।
    विस्तारित बैठकमा सहभागी पार्टी कार्यकर्ता र जनवर्गीय सँगठनका सदस्य हरुले अझै जनपक्षीय कामका साथ पार्टीलाई सुझाव दिएका छन ।
     एमाले रुरुक्षेत्र गाउँपालिकाका पार्टी अध्यक्ष फर्शुराम ज्ञवालीकाे अध्यक्षतामा भएकाे विस्तारित वैठककाे सन्चालन सचिव ताेय नारायण ज्ञवालीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।